विद्युतीय सार्वजनिक सवारीमा लगानी गर्न ग्लोबल आइएमई र जीआईजेडबीच सम्झौता

नेपालभ्युज

विद्युतीय सार्वजनिक सवारीमा लगानी गर्न ग्लोबल आइएमई र जीआईजेडबीच सम्झौता

काठमाडौं । विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न ग्लोबल आइएमई बैंक लिमिटेड र जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । ग्लोबल आइएमई बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो ।

जीआईजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा “दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल” परियोजना सञ्चालन गरिरहेको छ ।

उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युतको उपभोगमा वृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्‍याउने छ ।

साथै, सार्वजनिक यातायात सेवामा विद्युतीय सवारी साधनहरूको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच बिस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै सवारी साधनबाट हुने वातावरणीय प्रदूषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न व्यक्तिगत प्रयोजनका सवारी साधनलाई पनि न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved