नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई आइएमई ग्रुपको आग्रह

नेपालभ्युज

नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई आइएमई ग्रुपको आग्रह

काठमाडौं । नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरूलाई आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आग्रह गरेका छन् ।

जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गर्ने क्रममा ढकालले यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालमा ठुला परियोजनाहरूमा वैदेशिक लगानीको माग रहेकोले नेपालमा लगानीको राम्रो वातावरण रहेको बताए । अप्रिलमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलन २०२४मा सहभागिताका लागि पनि ढकालले जापानी लगानीकर्ताहरूलाई आग्रह गरे ।

कार्यक्रममा टोकियो स्थित नेपाली दूतावास,फुकुओका अबैतानिक वाणिज्य दूतावास,मोरिकोसान कम्पनी,ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काइ रेल्वे कम्पनी लगायतको सहभागिता थियो ।

अनलाइन र प्रत्यक्ष उपस्थितिमा भएको छलफल कार्यक्रममा जापानबाट ९५ र नेपालबाट ६० भन्दा बढी कम्पनीहरू सहभागी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved