दाउराको चिर्पटले हानेर एक वृद्धाको हत्या

नेपालभ्युज

दाउराको चिर्पटले हानेर एक वृद्धाको हत्या

काठमाडौं । सर्लाहीमा एक वृद्धाको हत्या भएको छ । बागमती नगरपालिका–४, जिरायतकी ७० वर्षिया पार्वतीदेवी महतोको हत्या भएको हो ।

महतोको दाउराको चिर्पट प्रहारबाट हत्या(Murder) भएको सर्लाही प्रहरीले जनाएको छ ।

हिजो साँझ ६ बजे तिर घरमै हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरी(Police)ले आज बिहान एक युवालाई नियन्त्रणमा लिएको छ ।

‘सीसीटीभी फूटेज’ को अनुसन्धानबाट २८ वर्षिय युवालाई पक्राउ गरी सोधपुछ थालिएको प्रहरीले जनाएको छ । वृद्धाको हत्याको कारण खुलेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved