सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ८७ करोड 

नेपालभ्युज

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ८७ करोड 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्से (nepse)मा सामान्य अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ६ दशमलव २६ अंकले घटेर २०१२ दशमलव ०७ को विन्दुमा पुगेको छ ।

आज ३१५ कम्पनीका ६३ हजार ०१५ पटकको कारोबारमा ७२ लाख ९० हजार २ सय कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ९१ अंकले घटेर ३५५ दशमलव ६६ को विन्दुमा पुगेको छ । सोमबार सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार हुनेमा ट्रेडिङ्स कम्पनीहरू रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved