अरविन्द केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा पठाउन आदेश

नेपालभ्युज

अरविन्द केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा पठाउन आदेश

काठमाडौं । भारतको दिल्ली सरकारको मदिरा नीति(Delhi Liquor Policy Case)मा कथित घोटालाको आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाल(Arvind Kejriwal)लाई अदालतले १५ दिन अर्थात् अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा पठाएको छ।

दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि उनी ईडीकाे हिरासतमा थिए ।

ईडी(ED)का वकिल एसभी राजुले अदालतमा दिएको बयानमा केजरीवालले सोधपुछका क्रममा सहयोग नगरेको बताएका छन् । केजरीवालले आफ्नो फोनको पासवर्ड नदिएको राजुले आरोप लगाए ।

केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा मार्च २१ मा पक्राउ गरिएको थियो।

केजरीवालले जेलमा रहँदा अध्ययनका लागि तीन पुस्तक मागेका छन् । उनले गीता, रामायण र नीरजा चौधरीको पुस्तक हाउ प्राइम मिनिस्टर्स डिसाइड पढ्न चाहेको केजरीवालका वकिल रमेश गुप्ताले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved