पाउण्ड बलियो हुँदा डलर स्थिर 

नेपालभ्युज

पाउण्ड बलियो हुँदा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य केही बढेको छ भने डलर स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved