विद्यालय व्यवस्थापनमा अभिभावकलाई सक्रिय सहभागिता गराउन जरुरी छः गगन थापा

नेपालभ्युज

विद्यालय व्यवस्थापनमा अभिभावकलाई सक्रिय सहभागिता गराउन जरुरी छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताएका छन् ।

आइतवार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता भएको दाबी गरे । उनले राजनीतिक दलको भोटर खाने पानी, सडक, ढल निर्माणका विषयमा कति बजेट आयो, ठेक्का लाग्यो÷लागेन भनेर छलफल र चासो व्यक्त गर्ने तर सामुदायिक विद्यालयका छलफलमा नजाने गरेको बताए ।

अभिभावकलाई राजनीतिक दलहरुले पनि सचेत गराउन नसक्नु राजनीतिक असफलता भएको उल्लेख गर्दै र्नुभयो । उनले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक ल्याउन आवश्यक रहेको उल्लेख गरे ।

विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलियकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गर्न जरुरी रहेको महामन्त्री थापाको भनाइ थियो । महामन्त्री थापाले विद्यालय शिक्षालाई निःशुल्क बनाउँदै गर्दा विद्यालयलाई अतिरिक्त स्रोत व्यवस्थापन गर्न पाउने ढोका ऐनमा खुला छोड्न आवश्यक रहेको उल्लेख गर्दै विद्यालयले अभिभावक वा अन्य पूर्वविर्थीहरुले विद्यालयको लागि स्वेच्छाले सहयोग गर्ने कुरामा खुला छोड्नुपर्ने बताए ।

उनले सामुदायिक विद्यालयका शिक्षकहरुको विवादलाई राज्यले रकम खर्च गरेर भएपनि समाधान गर्न आवश्यक रहेको धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved