महिनावारीको समयमा कम रक्तश्राव हुनुका कारण

नेपालभ्युज

महिनावारीको समयमा कम रक्तश्राव हुनुका कारण

एजेन्सी । महिनावारीको बेला कतिपय महिलाहरुलाई एकदमै कम रक्तश्राव हुने समस्या पनि हुन्छ । यो सामान्य नभएर कतिपय अवस्थामा स्वास्थ्यसँग जोडिएको समस्याका कारणले पनि हुन सक्छ । महिनावारी (monthly cycle)को बेला कम रक्तश्राव हुनुका कारणबारे जानौं–

  • उमेर बढ्दै जाँदा तपाईंको महिनावारीको प्रक्रियामा पनि परिवर्तन हुँदै जान्छ । साथमा तपाईंलाई महिनावारीमा कम रक्तश्राव हुने अनुभव पनि हुन सक्छ ।
  • महिलाहरुको शरीरमा हर्मोनको सन्तुलन बिग्रनु पनि महिनावारीसँग जोडिएको समस्याको प्रमुख कारण हुन्छ । यस्तोमा पनि रक्तश्राव कम हुन सक्छ ।
  • महिनावारीको बेला कम रक्तश्राव हुनु बिग्रँदो खानपान पनि हुन सक्छ । यस्तोमा शरीरमा जरुरी पोषण प्राप्त हुँदैन । यसले महिनावारी अनियमित हुनुका साथै रक्तश्रावमा पनि असर पर्दछ ।
  • क्षमता भन्दा बढी कसरत गर्दा पनि महिनावारीको समय तथा रक्तश्रावमा परिवर्तन आउन सक्छ । यस्तोमा महिनावारीमा कम रक्तश्राव हुने समस्या पनि हुन्छ ।
  • गर्भावस्था रोक्ने औषधीहरुको सेवनले पनि महिनावारीमा कम रक्तश्राव हुने सम्भावना रहन्छ । यसले पाठेघरको छालालाई मोटो गराउनुका साथै रगत पातलो गराउने पनि गर्छ ।
  • महिनावारीमा कम रक्तश्राव हुनुका पछाडि तौलको व्यवस्थापन हुन नसक्नु पनि हो । धेरै तौल वा मोटोपनमा र अति दुब्लो हुँदा पनि महिनावारीमा कम रगत बग्ने समस्या हुन सक्छ ।
  • तनावले तपाईंको जीवनमा विभिन्न प्रकारका समस्याहरु ल्याउँछ । जसमा दिमागले स्टे«स हर्मोन रिलीज गर्न थाल्छ जसले महिनावारीको समस्या पैदा गर्छ । जसमा कम रक्तश्राव हुने, अनियमित महिनावारी आदि जस्ता समस्याहरु देखिन्छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved