आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’लाई तेस्रो झट्का

नेपालभ्युज

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’लाई तेस्रो झट्का

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’का अर्जुन घर्ती ३ रनमा आउट भएका हुन्।

उनलाई आयरल्याण्ड ‘ए’ का गेभिन होईले आउट गरे।

यसअघि नेपाल ‘ए’का कप्तान विनोद भण्डारी १६ रनमा आउट हुँदा देव खनाल भने गोल्डन डकआउट भए।

आयरल्याण्ड ‘ए’ ले दिएको २२३ रनको लक्ष्यमा नेपाल ‘ए’ले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved