कतार उडेको नेपाल एयरलाइन्सको जहाज दुई घण्टापछि काठमाडौं नै फर्कियो

नेपालभ्युज

कतार उडेको नेपाल एयरलाइन्सको जहाज दुई घण्टापछि काठमाडौं नै फर्कियो

काठमाडौं । कतारका लागि उडेको नेपाल एयरलाइन्सको जहाज दुई घण्टापछि त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

जहाज बिहीबार राति १२ बजे कतारका लागि उडेको थियो । शुक्रबार बिहान २ बजे जहाज काठमाडौंमै फर्किएको विमानस्थल स्रोतले बताएको छ ।

स्रोतका अनुसार जहाजको ‘हाइड्रोलिक सिस्टम’मा समस्या आएपछि फर्काइएको हो ।

विमानलाई आपतकालिन नभएर सामान्य अवस्थामा अवतरण गरिएको थियो । जहाजको मर्मत कार्य भइरहेको विमानस्थलले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved