एमाले कास्कीमा अधिकारीको प्यानल निर्वाचित

नेपालभ्युज

एमाले कास्कीमा अधिकारीको प्यानल निर्वाचित

काठमाडौं । नेकपा एमाले कास्कीमा बैनबहादुर अधिकारीको प्यानल निर्वाचित भएको छ ।

बुधबार भएको मतदानमा खगराज अधिकारीनिकट उनले पृथ्वीसुब्बा गुरुङनिकट माधव बास्तोलालाई २ सय ४ मतान्तरले हराएका हुन् ।

बैनबहादुरले ५ सय ५१ मत पाए भने माधवले ३ सय ४७ मत मात्रै ल्याए । अन्य पदाधिकारीमा पनि अधिकारी प्यानलका विजयी भएका छन् ।

उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदी विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved