घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपालभ्युज

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन (Gold)को मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेर तोलाको १ लाख २६ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदी (silver)को मूल्य पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ५ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved