स्पट फिक्सिङ मुद्दामा आदिल अन्सारीले पाए सफाइ

नेपालभ्युज

स्पट फिक्सिङ मुद्दामा आदिल अन्सारीले पाए सफाइ

काठमाडौं । क्रिकेटर आदिल अन्सारी (Aadil Ansari)ले स्पट फिक्सिङको मुद्दामा सफाइ पाएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंले अन्सारीलाई सफाइ दिएको हो । अन्सारीविरुद्धको अभियोगमा पर्याप्त प्रमाण नपुगेको अदालतले भनेको छ ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा प्रहरीले २०७९ माघ ९ गते उनलाई पक्राउ गरेको थियो ।

उनी राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved