पूर्व सूचना प्रणालीमा योगदान पुर्‍याएकोमा सरकारले गर्‍यो एनसेललाई सम्मान 

नेपालभ्युज

पूर्व सूचना प्रणालीमा योगदान पुर्‍याएकोमा सरकारले गर्‍यो एनसेललाई सम्मान 

काठमाडौं । नेपाल सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि सम्मान गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ् सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सुशील चन्द्र तिवारीले एनसेललाई सम्मान स्वरूप कदर पत्र प्रदान गरेका हुन् ।

एनसेलले पूर्व सूचना प्रणाली सञ्चालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषणमा पुर्‍याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन गर्दै यो कदर पत्र प्रदान गरिएको हो ।

पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गदै आएको छ ।

कदर पत्र ग्रहण गरे पछि उत्साह प्रकट गर्दै एनसेलका चीफ रेगुलेटरी एन्ड लिगल अफिसर विशालमणि उपाध्यायले भने, ‘जल तथा मौसम विज्ञान विभागसँग पूर्व सूचना प्रणालीका लागि निरन्तर सहकार्य गर्न पाएकोमा हामी खुसी छौ र यो कदर पत्रका लागि हामी आभारी छौं ।’

सन् २०१६ देखि एनसेलले निरन्तर बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved