पाउण्डको मूल्य बढ्दा डलर स्थिर 

नेपालभ्युज

पाउण्डको मूल्य बढ्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर हरेको छ भने बेलायती पाउण्डको भाउ केही बढेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५८  पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ । आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved