आयरल्याण्ड ‘ए’ र फ्रेण्डसिप कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ र फ्रेण्डसिप कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं। आयरल्याण्ड वोल्भ्स ‘ए’ टोलीसँग हुने २ टी–२० खेल र भारतमा हुने एसएमएस फ्रेण्डशिप कपका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा हङकङविरुद्धको सिरिजमा समेटिएका आरिफ शेख, विनोद भण्डारी, रासिद खान र सागर ढकाल भने अटाएका छैनन्। आसिफ शेख, अनिल शाह, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी भने टोलीमा अटाएका छन्।

नेपालले आगामी सोमबार र मंगलबार आयरल्याण्ड ‘ए’सँग टी–२० खेल खेल्ने छ । नेपालले भारतको गुजरातमा फ्रेण्डशीप कप खेल्ने छ । सो कपमा नेपाल, गुजरात र बरोडाबीच टी–२० सिरिज हुनेछ।

नेपालले पहिलो खेल गुजरातसँग चैत्र १८ मा, दोस्रोमा बरोडासँग चैत्र २० मा, तेस्रोमा चैत्र २१ मा गुजराजसँग र चौथोमा चैत्र २३ मा बरोडसँग खेल्ने छ।
शीर्ष २ मा पुग्ने टोलीले फाइनल खेल्ने छन्। फाइनल खेल चैत्र २५ गते हुनेछ।

नेपाली टोली :

रोहित पौडेल, आसिफ शेख, कुशल भूर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्शन झा, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved