निसीखोला दुर्घटना : को हुन् सकुशल भेटिएका तीन महिने शिशु ? 

ती शिशु रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्काकी छोरी हुन् । सरिता घाइते छिन् । उनी पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी छन् । सरिताको ढाड र टाउकोमा चोट लागेको छ ।

नेपालभ्युज

निसीखोला दुर्घटना : को हुन् सकुशल भेटिएका तीन महिने शिशु ? 

कास्की । रुकुमबाट काठमाडौंका लागि छुटेको खड्का सवार यात्रुवाहक बस सोमबार साँझ बाग्लुङको निसीखोला–६ मा दुर्घटना भएको थियो । दुर्घटनामा ९ जनाले ज्यान गुमाउँदा र २८ जना घाइते हुँदा एक शिशु सकुशल भेटियो ।

सकुशल भेटिएको बच्चाको तस्वीर सामाजिक सञ्जालमा भाइरल छ । तर उनको परिचय सञ्जालमा खुलेको छैन । बच्चा कोसँग थियो र उनको परिवार कहाँ जाँदैछ भन्ने पनि धेरैलाइ चासो छ ।

को हुन् ती शिशु ?

ती शिशु रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्काकी छोरी हुन् । सरिता घाइते छिन् । उनी पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी छन् । सरिताको ढाड र टाउकोमा चोट लागेको छ ।

बुर्तिबाङमा सामान्य उपचारपछि बागलुङ जिल्ला अस्पताल पठाएकामा अहिले सरिता, छोरी, सासू÷ससुराको मणिपालमा उपचार भइरहेको छ ।

सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लिलासहित काठमाडौं जाँदै थिइन् । घरबाट खाना खाएर सोमबार बिहान ९ः३० बजेतिर चारै जना बसमा चढिन् ।

मङ्सिरमा शिक्षक पेसाबाट सेवानिवृत्त भएका थिए, सरिताका ससुरा हर्कबहादुर । उनको काठमाडौंमा पेन्सन पट्टाको काम मिलाउनु थियो । सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार भइन् । सरितालाई पेटको समस्या भएकाले यही मेसोमा काठमाडौंमा राम्रो उपचार गर्ने योजना थियो ।

बस मध्य पहाडी राजमार्ग हुँदै गुडेको थियो । निसीखोलाको जाउलेपानीमा आइपुगेपछि गाडी दुर्घटनामा परेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved