दुर्गा प्रसाईंलाई ८४ लाख ठग्ने व्यक्ति पक्राउ

प्रसाईंलाई ८४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति ४४ वर्षीय केदार अर्याल पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

नेपालभ्युज

दुर्गा प्रसाईंलाई ८४ लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई निकै चतुर पात्र ठान्नेहरूको जमात सानो छैन । त्यस्ता चलाख व्यक्ति पनि ठगीमा परेका छन् । त्यो पनि सानो रकममा होइन ।

प्रसाईंलाई ८४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति ४४ वर्षीय केदार अर्याल पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी काठमाडौं–३ महाराजगन्ज (हाल : कागेश्वरी मनोहरा–१० पेप्सीकोला)का हुन् ।

अर्याललाई काठमाडौं प्रहरी अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार बिहान ९ बजे राजधानीकै सिनामंगल गोल्डेन गेटबाट पक्राउ गरिएको हो ।

उनी पक्राउ पर्नुको कारण भने प्रसाईंको उजुरी होइन । अर्याल पम्मी देवानको हजुरआमाको झापा दमकमा भएको तीन बिगा जग्गा ग्लोबल आईएमई बैंकमा रहेकोमा बैंककै प्रतिनिधि बताएर प्रलोभनमा पार्दै कारोबार गरेकोमा ५० लाख बैंकिङ कसुर मुद्धामा फरार थिए । सो मुद्धामा पक्राउ परेका हुन् ।

यसअघि उनले मेडिकल व्यवसायी प्रसाईंलाई ठगेका थिए । उनीसँगको लेनदेन मुद्दामा झापा जिल्ला अदालतबाट ८४ लाख बिगो र २ दुई वर्ष कैदको फैसला भएको छ । अर्यालले अन्यलाई पनि ठगी गरेको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरी जनाउँछ ।

यस्तै, वरुण थापाको जाहेरीले अर्यालसमेत भएको ठगी मुद्धामा अर्याललाई एक वर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना हुने काठमाडौं जिल्ला अदालतले २०७६ मङ्सिर ३० गते फैसला सुनाएको थियो ।

पक्राउ परेका अर्यालको अर्काे बैंकिङ कसुर मुद्दा हाल बारा जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उनले नेपाल टेलिकमको पत्रमा केरमेट गरेर लिखत सम्बन्धी कसुरसमेत गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved