नुवाकोट प्रहरी प्रमुख थापाको जिम्मेवारी खोसियो

नेपालभ्युज

नुवाकोट प्रहरी प्रमुख थापाको जिम्मेवारी खोसियो

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसेको छ ।

सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले थापालाई कारबाही सिफारिस गरेपछि जिम्मेवारी खोसिएको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, ९ चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यसक्रममा एआईजी किरण बज्राचार्य, एसपी थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि कारबाही सिफारिस भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved