कोशीका मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन एमालेको दबाब

नेपालभ्युज

कोशीका मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन एमालेको दबाब

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन दबाब दिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कार्कीलाई पदबाट राजीनामा दिन दबाब दिएका हुन् ।

राजीनामा नदिए संविधान र कानुनका आधारमा अघि बढ्ने भण्डारीले बताए । ‘अल्पमतमा पर्नुभयो जबर्जस्ती नगर्नुस् राजीनामा दिनुस्,’ भण्डारीले कार्कीलाई भने, ‘मान्नुभएन भने संविधान र कानुनका आधारमा स्टेप चाल्छौं ।’

सत्तापक्ष अल्पमतमा भएकोले मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको भण्डारीले जिकिर गरे ।

कोशीमा कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved