उदयपुरमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ५ घाइते

नेपालभ्युज

उदयपुरमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । सुनसरीको धरानबाट पहाडी जिल्ला भोजपुर जाँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

को. १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका नगरपालिका मैनामैनीको चुहार डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकामध्ये चालक मानबहादुर बस्नेतको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जीपमा १४ जना सवार थिए । घाइते ५ जनाको उद्दार गरी थप उपचारका लागि अस्पताल लगिएको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए ।

जीपमा अधिकांश यात्रु भोजपुरको आमचोक र हतुवागढी गाउँपालिकाका छन् ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved