प्रधानमन्त्रीप्रति पाण्डेको आक्रोश : बगरको ठुटोलाई छोडेझैं गरेर हिँड्नुभयो

नेपालभ्युज

प्रधानमन्त्रीप्रति पाण्डेको आक्रोश : बगरको ठुटोलाई छोडेझैं गरेर हिँड्नुभयो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् ।

नयाँ सत्ता समिकरण निर्माण गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) लाई थाहा नदिएकोमा उनको प्रधानमन्त्री दाहालप्रति आक्रोश थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्रीले पछिल्लो गठबन्धन बनाउने बेला आफूहरुलाई अलपत्र छोडेर हिँड्ने अनैतिक काम गरेको भन्दै आपत्ति समेत जनाए ।

कांग्रेस र एमाले मिलेर अघि बढे बेहाल हुने अवस्थामा प्रधानमन्त्रीको रहेको पनि उनले बताए ।

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री दाहालसँग धैर्यतापूर्वक सुन्नसक्ने क्षमता भएकाले आफूले उनमाथि गुनासो गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved