ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न गर्नुहोस् : सांसद चौधरी

नेपालभ्युज

ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न गर्नुहोस् : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरुसँग आग्रह गरेका छन् ।

सोमवार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै सांसद चौधरीले विकास आयोजना निर्माण कार्यमा विलम्व नगर्न आग्रह गरेका हुन् । उनले पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा सम्बन्धित निकायहरुसँग छलफल गरे । सांसद चौधरीले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिनु पर्नेमा जोड दिए । उनले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको काम ढिलासुस्ती  नगर्न निर्माण क्षेत्रलाई आग्रह गरे ।

उनले जनप्रतिनिधिको हैसियतले सबै भन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरु  समयमा नै सम्पन्न गराउनु भएको  बताए । उनले ठूला विकासका जनप्रतिनिधिहरुको परियोजना सम्पन्न गर्नका लागि दोहोरो भुमिका रहेको बताए । उनले विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा आफूले निरन्तर समन्वय गर्दै आएको बताए। उनले स्थानीय तह, प्रदेश सरकारसँग निरन्तर समन्वयको काम भइरहेको बताए । उनले के कारणले आयोजनाको काम अपेक्षाकृत हुनसकेको छैन सो विषयमा गम्भीर बन्न जरुरी रहेको बताए । उनले जनप्रतिनिधिको तर्फबाट सहजीकरण गर्न आफू तयार रहेको भन्दै अब विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताए ।

उनले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ– बुटवल सडक खण्डको काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाए । उनले विगत सात वर्षदेखि काम थालिएको हुलाकी सडकको काम पनि वर्षाैंदेखि धीमा गतिमा भइरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved