नाइजेरियामा २८० भन्दा बढी विद्यार्थीको अपहरण

नेपालभ्युज

नाइजेरियामा २८० भन्दा बढी विद्यार्थीको अपहरण

काठमाडौं । नाइजेरियाका अधिकारीहरूले उत्तरपश्चिमी सहर कुरिगामा दर्जनौं बन्दुकधारीहरूले २८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको बताएका छन्।

स्थानीय समय अनुसार शुक्रबार बिहान ८ः३० बजे सबै विद्यार्थी सभा मैदानमा हुँदा मोटरसाइकलमा आएका सवार दर्जनौं बन्दुकधारी विद्यालयमा प्रवेश गरेको प्रत्यक्षदर्शीले बताए ।

बीबीसीका अनुसार अपहरणमा परेका बालबालिकाको उमेर ८ देखि १५ वर्ष रहेको अधिकारीहरुले बताएका छन् । जसमा एक शिक्षक पनि अपहरणमा परेका छन् ।

कडुना राज्यका गभर्नर उबा सानीले यस घटनाको पुष्टि गरेका छन्। कुरिगा यस राज्यको एक भाग हो।

गिरोहहरूले विगत केही वर्षहरूमा नाइजेरियामा विशेष गरी देशको उत्तर-पश्चिमी भागमा सयौं मानिसहरूलाई अपहरण गरिरहेका छन् ।

गभर्नर सानीले सरकारी माध्यमिक विद्यालयका १८७ र स्थानीय प्राथमिक विद्यालयका १२५ विद्यार्थी बेपत्ता भएको बताए । तर, तीमध्ये २५ जना फर्किसकेका छन् ।

यसैबीच बन्दुकधारीले गोली हानेका एक विद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved