सेना दिवस : टुँडीखेलमा नेपाली सेनाले विविध कार्यक्रम गर्दै

नेपालभ्युज

सेना दिवस : टुँडीखेलमा नेपाली सेनाले विविध कार्यक्रम गर्दै

काठमाडौं । नेपाली सेनाले आज विविध कार्यक्रम गर्दै सेना दिवस मनाउदै छ ।

सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवमा मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउन लागेको हो । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुदैछन् ।

नेपाली नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताएका छन् ।

स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराउँदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नबिर्सन सुझाव दिए ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved