वीरगञ्जका मेयर सिंहविरुद्ध किटानी जाहेरी

नेपालभ्युज

वीरगञ्जका मेयर सिंहविरुद्ध किटानी जाहेरी

काठमाडौं ।  पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध किटानी जाहेरी परेको छ ।

नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको हो ।

डीएसपी कुमारबिक्रम थापाका अनुसार, सिंहविरूद्ध १२/१५ दिन अगाडि नै जाहेरी आए पनि आजमात्र दर्ता भएको हो । थापाले नेपाल भ्युजसँग भने, ‘श्रीमतीसहित अन्य केहीविरूद्ध पनि जाहेरी दर्ता भएको  छ ।’

जनता समाजवादी पार्टीमा आवद्ध सिंह २०७९ जेठमा वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved