बागमती प्रदेश सरकारबाट बाहिरिँदै कांग्रेस मन्त्रीहरू, सामूहिक राजीनामाको तयारी

नेपालभ्युज

बागमती प्रदेश सरकारबाट बाहिरिँदै कांग्रेस मन्त्रीहरू, सामूहिक राजीनामाको तयारी

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरु बाहिरिने तयारीमा छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती सरकारबाट कांग्रेस बाहिरिने निर्णयमा पुगेको हो ।

कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले आज सामूहिक राजीनामाको तयारी गरेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार बुधबार सरकार छाड्ने तयारी भएको हो ।

सोही अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको चित्रकारले बताए । उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहेका चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने जानकारी दिए ।

विदेश भ्रमणमा रहेका नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा बुधबार विहान काठमाडौं ओर्लिसकेका छन् । त्रिभुवन विमानस्थलबाट लामा सोझै हेटौँडा पुगेर राजीनामा दिने तयारी रहेको छ ।

बागमती प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री छन् । नेता लामाको नेतृत्वमा चित्रकार, तीर्थ लामासहित स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved