देशमा नायकलाई अपराधी र अपराधीलाई नायक बनाउने परिस्थिति छ : विप्लव

नेपालभ्युज

देशमा नायकलाई अपराधी र अपराधीलाई नायक बनाउने परिस्थिति छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक वृहत अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान भएको बताए ।

देशमा नायकहरुलाई अपराधीजस्तो र अपराधीहरुलाई नायकजस्तो बनाउने परिस्थिति रहेको उनको भनाई छ ।

विप्लवले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको दाबी गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved