सुनिल शर्माको प्रस्ताव- कानूनमै द्वन्द्वपीडित परिवारलाई शिक्षा दिने व्यवस्था गरौँ

नेपालभ्युज

सुनिल शर्माको प्रस्ताव- कानूनमै द्वन्द्वपीडित परिवारलाई शिक्षा दिने व्यवस्था गरौँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताएका छन् ।

आईतवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने कानूनी व्यवस्था नै गर्नुपर्ने बताए । उनले परिवारका सदस्यलाई उचित शिक्षा दिन सकेमा पैसा भन्दा त्यही ठूलो हुने बताए।

उनले माओवादीले लडेको युद्धलाई जनयुद्ध भन्ने भए अरुले लडेका युद्धलाई के भन्ने भनेर प्रश्न समेत गरे । सो प्रश्नको जवाफ खोजेर कानुन बनाउनसके दूरदर्शी कानून बन्ने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved