शालीनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण ह्याङ्गिङ, देखिएन बलात्कार

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको थियो । यद्यपि, सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो ।

नेपालभ्युज

शालीनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण ह्याङ्गिङ, देखिएन बलात्कार

काठमाडौं । चितवनको रत्ननगर १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा शालीन पोखरेल मृत्यु घटनामा बलात्कार नभएको पोस्टमार्टम रिर्पाेट आएको छ ।

शालिनको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुन्ड्याइएको भन्ने परिवारको दाबीपछि घटना झनै गम्भीर बनेको थियो ।

यसबारे अनेकन शंका र आशंका पनि उब्जिन सुरु भइरहँदा त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बताएको छ ।

स्रोतले भन्यो, ‘पीडित परिवारले दाबी गरेको जस्तो बलात्कार वा यौनजन्य गतिविधि भएको देखिएन । रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ (झुन्डिएर) भनिएको छ । रिर्पाेट हेर्दा पासो लगाएर आत्महत्या गरेको निचोडमा पुगिएको छ ।’

झुन्डिएर आत्महत्या गरेको भनिएकी शालीनको यौनाङ्ग र गालामा कसरी चोट ?

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको थियो । यद्यपि, सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो ।

गत १२ फागुनमा विद्यालयको छात्रावासको कोठामा शालीन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले काठमाडौं शव ल्याएको थियो ।

गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलकी छोरी शालीन २ वर्षयता चितवनमा बसेर पढ्दै आएकी थिइन् ।

होस्टेल घटना : शालीन पोखरेलको सुसाइड नोट भेटियो

शालीन आत्महत्या प्रकरण : ‘गर्ल्स होस्टल’मा विद्यालयले किन राख्यो पुरुष वार्डेन ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved