डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न एनसेल र ईएन्ड इन्टरनेशनलबीच समझदारी 

नेपालभ्युज

डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न एनसेल र ईएन्ड इन्टरनेशनलबीच समझदारी 

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न इएन्ड इन्टरनेशनलबीच समझदारी गरेको छ । बुधबार एक सम्झौता गर्दै बैंकले उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न ईएन्ड इन्टरनेशनलबीच समझदारी गरेको हो ।

सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका हुन् ।

ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएन्ड ग्रुपको एक अंश हो ।

समझदारी पत्रअनुसार, दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एडभान्स एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङलगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा सहकार्य गर्नेछन् ।

यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन बढाउन महत्त्वपूर्ण हुनेछ ।

यसका लागि एनसेल र ईएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी नतिजा प्रदान गर्नेछन् ।

“ईएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्त्वपूर्ण उपलब्धि हो । यो साझेदारी नेपालको डिजिटल विकासमा योगदान पुर्याएर डिजिटल रूपान्तरणलाई गति दिने हाम्रो प्रतिबद्धताअनुरूप छ,” सम्झौतापछि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “ईएन्ड इन्टरनेशनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवका साथ यो सहकार्यले एनसेललाई असीम अवसरहरूका साथ सशक्त बनाउने कुरामा हामी विश्वस्त छौं ।’

ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणका लाभ दिलाउने नयाँ अध्याय भएको बताए ।

“स्थानीय बजारबारे एनसेलको गहिरो बुझाइ र विश्वस्तरीय डिजिटल सञ्जाल विकास गर्ने हाम्रो विशेषज्ञताको संयोजनबाट यस डिजिटल युगमा नेपालको प्रगतिलाई गति दिन मद्दत गर्न सक्छौं भन्ने कुरामा म विश्वस्त छु,” उनले भने, “पूर्वाधारलाई अप्टिमाइज गरेर, कनेक्टिभिटी बढाएर र सेवाहरूमा नयाँ अवसर पहिल्याएर हामी सबै नेपालीका लागि साँच्चै कनेक्टेड र समावेशी डिजिटल भविष्य निर्माणमा सघाउने लक्ष्य राख्छौं । यो सुरुवात मात्र हो । नेपालको महत्त्वाकांक्षी डिजिटल भिजनलाई साकार पार्न रणनीतिक साझेदारको रूपमा के गर्न सक्छौं, त्यो गर्न हामी तत्पर छौं ।”

यस समझदारीअन्तर्गत हुने सबै रणनीतिक योजना र समन्वयबारे निरीक्षण तथा छलफल गर्न एनसेल र ईएन्ड इन्टरनेसनलले आ–आफ्नो तर्फबाट संयोजक तोक्नेछन् ।

ईएन्ड इन्टरनेसनलको बारेमा

ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको ईएन्ड ग्रुपको अंश हो, जसले विश्व बजारका आधुनिक, विश्वस्तरीय डिजिटल टेलिकम कम्पनीहरूको सञ्जाल बृहत् बनाउन मद्दत गर्छ ।

विश्वका १६ वटा देशमा रहेर यसले कनेक्टिभिटी सोलुसन, इन्क्लुसिभ फाइनान्सियल सर्भिसेज, रिच इन्टरटेनमेन्ट सर्भिसेज र सिमलेस बिजसेन ट्रान्सफर्मेसनमा काम गर्दै आएको छ ।

यसले अग्रणी डिजिटल क्षमता विकास तथा निर्माण गर्दै एक्विजिसन र रणनीतिक साझेदारीमार्फत मध्यपूर्व, अफ्रिका, एसिया र पूर्वी युरोपका विभिन्न मुलुकमा सेवा विस्तार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved