सेती बाँध खोलेर खोज्दा पनि भेटिएनन् बेपत्ता युवा

नेपालभ्युज

सेती बाँध खोलेर खोज्दा पनि भेटिएनन् बेपत्ता युवा

काठमाडौं । सेती नदीको बाँध खोलेर खोजी गर्दासमेत बेपत्ता भएका युवा नभेटिएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका-१ सिम्पानीका सार्की लामा तामाङ नदीमा हराएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म बाँध खोलेर खोजी गर्दासमेत उनी भेटिएनन् ।

उनी फागुन १३ गते सेती नदीमा माछा मार्ने क्रम बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि नभेटिएपछि बाँध खोलिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved