काठमाडौं । राप्रपाले चैत १६ गते काठमाडौं केन्द्रीत जनसंघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले सरकार समक्ष पेश गरेको ४० बॅुदे मागपत्र पूरा गराउन देशका सबै जिल्लामा जनदबावका कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ ।
राप्रपाले मंगलबार राजधानीमा सबै जिल्लाको प्रतिनिधिमुलक आन्दोलन सम्बन्धि प्रशिक्षण गरेको छ। अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा प्रशिक्षण दिएका थिए ।
यस्तै महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शमसेर राणाले संघर्षको कार्यक्रमको खाका, कोषाध्यक्ष, आर्थिक समिति संयोजक निलकण्ठ काफ्लेले अर्थ व्यवस्थापनबारेमा र प्रवक्ता एवं आन्दोलन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्ने राप्रपाले बताएको छ । । यसैगरी चैत १० गते देशका मुख्य शहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनले राष्ट्रिय झण्डा सहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।
राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई बुझाएको ४० बॅुदे ज्ञापनपत्रबारे देशव्यापी जागरण गर्ने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
Facebook Comment
Comment