कानून अधिकृत घिमिरेको आरोप : मेयर बालेनले मानसिक यातना दिए

‘तलब दिएको छ, घरमा टिकटक बनाएर बस्नुहोस्’ भन्ने जवाफ दिएको गुनासो

नेपालभ्युज

कानून अधिकृत घिमिरेको आरोप : मेयर बालेनले मानसिक यातना दिए

काठमाडौं । काठमाडौं महानगरपालिकाको एक महिला कर्मचारीले मेयर बालेन्द्र शाह ‘बालेन’ले मानसिक टर्चर दिएको आरोप लगाएकी छन् ।

महानगरमा कार्यरत आठौं तहकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले लामो समयदेखि मेयर शाहले विनाकारण जिम्मेवारीविहीन बनाउँदै टर्चर दिएको बताएकी हुन् ।

बुधबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै घिमिरेले बारम्बार प्रमुख प्रशासकिय अधिकृत ,कामपा प्रशासन प्रमुख र प्रशासन महाशाखा प्रमुखलाई समस्याबारे जानकारी गराउँदा पनि सम्बोधन नभएको बताइन् ।

नगरपालिकामा काम गर्न नदिने भए अन्य ठाउँमा काम गर्ने स्वीकृति दिन माग गर्दा पनि प्रमुख प्रशासकिय अधिकृतले फाइल कार्यपालिकामा लैजान रोकेको उनको भनाई छ । बरु, ‘तलब दिएको छ, घरमा टिकटक बनाएर बस्नुहोस् ’ भन्ने जवाफ दिएको घिमिरेको गुनासो छ ।

उनले कानून विभागमा काम गर्न मोटो रकम दिएर मेयरले आफ्ना नजिकका वकिलको जम्बो टोली करारमा नियुक्त गरेको आरोपसमेत लगाइन् ।

महानगरले दरबन्दी नभएको ठाउँमा मलाई आफूभन्दा २ तह जुनियरको मातहतमा हाजिर गराएर राखिएको उनको भनाई छ । घिमिरेले प्रशासनमा चरम राजनीतिकरण रहेकोसमेत आरोप लगाएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved