नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी २० सिरिज एक्सन स्पोर्टसमा

नेपालभ्युज

नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी २० सिरिज एक्सन स्पोर्टसमा

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सहभागी हुने टी २० सिरिज डिशहोमको एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू प्रत्यक्ष प्रसारण गरिरहेको डिशहोमले त्रिकोणात्मक टी २० सिरिज पनि प्रसारण गर्नेसम्बन्धी जानकारी गराएको हो ।

पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबिचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रसारण भएको थियो ।

टी २० सिरिज अन्तर्गत मंगलबार९२७ फेब्रुअरीमा० नेपालले नामिबियासँग खेल्ने छ भने २८ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग खेल्ने छ । यसै गरी २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् ।

त्यसै गरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ हुने छ । तीन मध्य शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved