ललितपुरमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

नेपालभ्युज

ललितपुरमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

ललितपुर । ललितपुरमा बा.३ ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२-०३४ प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ ।

सोमबार बिहान महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँ स्कुल चोकमा भएको दुर्घटनामा स्कुटर चालक सोही नगरपालिका-८ शंखदेवीका १७ वर्षीय सोहन राईको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार  दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्‍ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याकंर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved