सर्वोत्तम सिमेन्टको आइपीओ खुल्यो, प्रतिकित्ता ३६० रुपैयाँ

नेपालभ्युज

सर्वोत्तम सिमेन्टको आइपीओ खुल्यो, प्रतिकित्ता ३६० रुपैयाँ

काठमाडौं । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आइपीओ खुलाएको छ । कम्पनीले लामो समयपश्चात् आइपीओ खुलाएको हो ।

कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत मूल्य तय गरेर दोस्रो बजारमा आफ्नो सेयर बेच्न लागेको छ ।

लगानीकर्ताले यो कम्पनीको आइपीओमा कम्तीमा ५० कित्ता आवेदन दिनै पर्ने छ । बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने भएको छ । अंकित मूल्य १०० रुपैयाँ भए पनि यो शेयर किन्न सर्वसाधारण लगानीकर्ताले १ कित्ताको ३६०.९० रुपैयाँ हाल्नुपर्ने भएको छ ।

बुक बिल्डिङ प्रक्रियामार्फत २६० रुपैयाँ ९० पैसाको प्रिमियम थपेर आवेदन दिनु पर्ने भएकाले एक जनाले सेयर भर्दा नै १८ हजार ४५ रुपैयाँ हाल्नुपर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९० प्रतिशत बराबर सेयर बेच्न लागेको हो । यसो गर्दा ६० करोड रुपैयाँ अंकित मूल्यको सेयर जारी हुन लागेको छ । तर, सर्वसाधारणले जम्मा २७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि मात्रै दाबी पेश गर्न पाउने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved