ट्रम्पको लगातार चौथो जित, क्यारोलिनामा निक्की हेली पराजित

नेपालभ्युज

ट्रम्पको लगातार चौथो जित, क्यारोलिनामा निक्की हेली पराजित

काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्यारोलिनाको रिपब्लिकन प्राइमरी निर्वाचनमा निक्की हेलीलाई पराजित गरेका छन् । अमेरिकामा यस वर्षको अन्त्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा ट्रम्पले साउथ क्यारोलिनामा महत्वपूर्ण जित हासिल गरेका हुन् ।

पूर्वराष्ट्रपति ट्रम्पले हेलीको गृहराज्यमै शानदार जित हासिल गर्दै पार्टीको मनोनयनतर्फको यात्रा अगाडी बढाएका छन् । निक्की हेली साउथ क्यारोलिनाको गभर्नर भइसकेकी नेता हुन् ।

यससँगै ट्रम्पले लगातार चौथो राज्यमा जित हासिल गरेको र रिपब्लिकन पार्टीको गढ मानिने राज्यमा ट्रम्पले राम्रो मत पाएको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved