त्रिवि उपकुलपतिका १४ उम्मेदवारहरूको आज अन्तरवार्ता

नेपालभ्युज

त्रिवि उपकुलपतिका १४ उम्मेदवारहरूको आज अन्तरवार्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि सर्टलिष्टमा परेका उम्मेदवारहरुको आज अन्तर्वार्ता हुदै छ । उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति आजका लागि तय गरेको हो । उम्मेदवारको दुई सिफ्ट गरेर अन्तरवार्ता लिइने छ । विज्ञ र छनोट समितिको सदस्यले उनीहरुको अन्तर्वार्ता लिने छन् । अन्तरवार्ताको समय २० मिनेट हुने समिति सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए ।

सर्टलिस्टमा परेका सात जनाको बिहान साढे ८ बजेदेखि अन्तरवार्ता हुनेछ ।

पहिलो चरणमा कुशुम शाक्य, केदारजंग बराल, गोबिन्द सुवेदी, विश्वबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तरवार्ता हुनेछ ।

दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापाको अन्तरवार्ता हुनेछ । सर्टलिस्टमा परेका केही व्यक्तिहरुमाथि प्रश्न उठाउदै प्रतिपक्षी दलसहित सरोकारवालाले आलोचना गरेका छन् ।

विवादित छवी भएका, पार्टीमा लागेका व्यक्तिलाई सर्टलिस्टमा राखिएको भन्दै कतिपयले विरोध जनाएका छन् । उपकुलपतिको सर्टलिटमा परेका १४ जनामध्ये विवादित व्यक्तिहरूबारे पुनर्विचार गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले समेत सरकारको ध्यानाकर्षण गराएएको थियो ।

सर्टलिस्टमा बौद्धिक चोरीको आरोप लागेका, सूचना लुकाएको आरोपमा सूचना आयोगबाट जरिवाना पाएका र भ्रष्टाचार मुद्दा लागेका व्यक्तिहरू परेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । सर्टलिस्टमा रहेका तीर्थराज खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि प्रश्न उठेको हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved