एमालेको अबको मुद्दा राजनीतिक स्थायित्व : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपालभ्युज

एमालेको अबको मुद्दा राजनीतिक स्थायित्व : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व रहेको बताएका छन् । ललितपुर च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा शनिबार एक कार्यक्रममा उनले मुलुकमा राजनीतिक परिवर्तन भए पनि राजनीतिक स्थायित्व हुन नसकेको भन्दै पार्टीको अबको एजेण्डा राजनीतिक स्थायित्वका भएको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि एमालेले एकल बहुमत प्राप्त गरी सरकार गठन गर्नुपर्ने र त्यसकै लागि पार्टीले मिसन–२०८४ अघि सारेको बताए । उनले एमालेले प्राप्त गरेको उचाइ गौरव गर्न सकिने रहेको र त्यस उचाइसँगै चुनौती पनि थपिएको उल्लेख गरे। उनले ती चुनौतीको सामना गरेर अगाडि बढ्ने सामर्थ्य एमालेमा रहेको बताए । उनले पार्टी राष्ट्रिय शक्तिलाई गोलबन्द गरेर राष्ट्रिय शक्तिको केन्द्र बन्ने बताए ।

जनतालाई सेवा प्रवाह, रोजगारी, स्वरोजगारी र सीप सिकाउने कुरा एमालेका मुद्दा भएको भन्दै उहाँले सेवा प्रवाह गर्ने कुरामा पेसागत क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने हुँदा एमाले सम्बद्ध सबैले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्नेामा उनको जोड थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रभावकारी सेवा प्रवाहबाट मात्र जनतामा सिर्जना भइरहेको निराशा रोकेर आशामा बदल्न सकिने बताए । पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन मध्यपहाडी लोकमार्गमा ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ नाराका साथ समृद्धि यात्रा सम्पन्न गरिएको स्पष्ट गर्दै पार्टी सङ्गठन, कमिटीका जनसम्बन्ध विस्तारका योजना हुनुपर्नेमा उनले जोड दिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved