आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या

नेपालभ्युज

आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या
प्रतिकात्मक तस्वीर ।

इरान । दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिबार बिहान एक जना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् । साथै अन्य तीन जनालाई घाइते बनाएको इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ।

घटना स्थानीय समय अनुसार बिहान ४ः३० बजे फर्याब काउन्टीमा भएको हो । २५ वर्षीय हतियारधारी व्यक्तिले दुई वटा घरमा रहेका आफ्ना दुई सौतेनी दाजुभाइ र उनीहरूका परिवारका सदस्यमाथि गोली चलाएको बताइएको छ ।

तस्निमले केरमानका प्रहरी कमाण्डर नासेर फरशीदलाई उद्धृत गर्दै सो जनाकारी दिएका हुन् । केरमानको न्याय विभागका प्रमुख इब्राहिम हमीदीले उक्त व्यक्तिले आफ्नो बुबा लगायतका परिवारका सदस्यलाई मार्न कलश्निकोभ राइफल प्रयोग गरेको बताएको सरकारी समाचार एजेन्सी इरनाले बताएको छ। सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved