प्रवक्ता यार्मिशले गरे नाभाल्नीको मृत्यु भएकाे पुष्टि

नेपालभ्युज

प्रवक्ता यार्मिशले गरे नाभाल्नीको मृत्यु भएकाे पुष्टि

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा ठूला विरोधी एलेक्सी नाभाल्नीको मृत्यु भएकाे पुष्टि भएको छ ।

नाभाल्नीका प्रवक्ता किरा यार्मिशले नाभाल्नीको आमा ल्यूडमिलालाई दिएको पत्रमा उनको मृत्यु शुक्रबार दिउँसो सवा २ बजे भएको उल्लेख गरेका छन्  ।

यार्मिशले  शव तत्कालै परिवारलाई हस्तान्तरण गर्न माग गरेका छन् । बीबीसीका अनुसार नाभाल्नीको शव अन्वेषकहरुले राखेका छन् ।

शुक्रबार जेलभित्रै हिँडेक्रममा उनी एक्कासी बिरामी परेका थिए । बेहोस भएका उनको त्यही मृत्यु भएको जेल प्रशासनले जनाएको छ ।

डाक्टरहरु तुरुन्तै पुगेपनि बचाउन नसकिएको दाबी प्रशासनको छ । नाभाल्नीले १९ वर्षको जेल सजाय काटिरहेका थिए । उनी सन् २०२१ मा जेल परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved