मंगोलियामा चिसोका कारण ५ लाख बढी चौपाया मरे, चिसोले वर्षेनी चौपाया धनमा क्षति

नेपालभ्युज

मंगोलियामा चिसोका कारण ५ लाख बढी चौपाया मरे, चिसोले वर्षेनी चौपाया धनमा क्षति

काठमाडौं । अत्याधिक चिसोका कारण मंगोसलयामा ५ लाखभन्दा बढी चौपाया पशु  मरेका छन् । आधा लाख भन्दा बढी पशुधन मरेपछि मङ्गोलियाले विपद् पूर्वतयारीलाई उच्च शतर्कतामा राखेको छ ।

मङ्गोलियाका प्रधानमन्त्री लुभ्सन्नम्सराई ओयुन–एर्डेनले पशुपालन क्षेत्रमा परेका कठिनाइ हटाउन र गोठालाहरूलाई चौतर्फी सहयोग प्रदान गर्न सबै सम्भावित उपाय अपनाउन निर्देशन दिएका छन् ।

अहिलेसम्म ५ लाख ८ हजार ३९ पशु चौपाय मरेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको संख्या ६४.७ मिलियन थियो । मंगोलियामा चिसोका कारण वर्षेनी किसानले लाखौ चौपाय गुमाउदै आएका छन् ।

मंगोलियमा अहिले माइनस १२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved