नेदरल्यान्ड्स र नामिबियासँगको सिरिज प्रतिस्पर्धात्मक हुने विश्वास छ : रोहित पौडल

नेपालभ्युज

नेदरल्यान्ड्स र नामिबियासँगको सिरिज प्रतिस्पर्धात्मक हुने विश्वास छ : रोहित पौडल

काठमाडौं। राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्यान्ड्स र नामिबियासँगको एकदिवसीय क्रिकेट सिरिज प्रतिस्पर्धात्मक हुने बताएका छन् । विश्वकप क्रिकेट लिग–२ को खेल अगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा रोहितले आसन्न सिरिज प्रतिस्पर्धात्मक हुने बताएका हुन्।

कप्तान रोहित कुमार पौडेलले भने, ‘दुवै राम्रो टोली हुन्। नेदरल्यान्ड्स भर्खरै विश्वकप खेलेर आएका टोली हो। नामिबिया पनि एकदम्मै राम्रो गरिरहेको छ। दुवै राम्रो प्रतिद्धन्दी हुन्। मलाई विश्वास छ,यो टुर्नामेन्टमा राम्रो प्रतिस्पर्धा हुन्छ।’

कप्तान रोहितले प्रतिद्धन्दीलाई हेरेरभन्दा पनि आफ्नो प्रदर्शनलाई राम्रो बनाउनपर्ने बताए।  ‘प्रतिद्धन्दीलाई हेरेर खेल्दा मलाई राम्रो लाग्दैन। प्रतिद्धन्दीलाई हेरेरभन्दा पनि आफुले राम्रो क्रिकेट खेल्यो भने जुन सुकै प्रतिद्धन्दीलाई हराउन सक्छ जस्तो लाग्छ’ उनले भने, ‘पछिल्लो प्रदर्शन भन्दा राम्रो क्रिकेट खेल्ने नै हाम्रो लक्ष्य हुनु पर्दछ। त्यसो गरेमा जुनसुकै खेलाडीलाई हराउन सकिने छ।’

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईंले टोलीमा खेलाडीलाई योजनाको भाग मानेर समावेश गरिने बताए। ‘हामीले टोली घोषणा गर्दा सबै खेलाडी हाम्रो योजनामा पर्छन् भन्ने सोचेर नै गर्ने गर्दछौँ। क्यानडाविरुद्धको सिरिज दीर्घ रुपमा खेलाडी समावेश गर्नुको लागि पनि थियो।’, उनले भने।

प्रशिक्षक देशाईंले टोलीमा गरिएको फेरबदल टाउको दुखाईं भन्दा पनि राम्रो अभ्यास भएको बताए। ‘टोलीमा अप्रत्याशित रुपमा प्रदर्शन देखाएपछि खेलाडीहरुलाई अवसर दिनको लागि गरिएको फेरबदल टाउको दुखाईंभन्दा पनि राम्रो एक्सर्साइज भयो। स्क्वाडमा भएका सबै १५ खेलाडीको कुरा गर्दा सबैमा प्लेइिङ ११ मा पर्दा राम्रो कम्बिनेशन दिने क्षमता रहेको छ। जुन खेल हामीले प्रस्तुत गर्दै आएका छौँ र आगामी एकदिवसीय खेलमा प्रस्तुत गछौँ, यसले ठुलो फरक पार्ने छ,’ प्रशिक्षक देशाईंले भने।

नामिबिया कप्तान गेर्हार्ड इरास्मसले भने पछिल्लो समयभन्दा राम्रो नतिजा ल्याउने बताए। उनले दीपेन्द्र सिंहको अनुपस्थिति आफ्नो टोलीको लागि फाइदाजनक हुने बताए। उनले भने, ‘दीपेन्द्र राम्रो क्रिकेटर हुन्। यो हाम्रो लागि फाइदा हुनेछ । तर अन्य ११ खेलाडीको अन्य ११ क्षमता छ। हाम्रो टोलीको पनि ११ को ११ विभिन्न क्षमता छ। मलाई लाग्छ। यो हाम्रो लागि पनि वान बल ब्याटल हुनेछ।’

नेदरल्यान्ड्सका कप्तान स्कट एडेवाडर्सले पछिल्लो समय एकदिवसीय र टी–२० खेलले टोली लयमा भएको बताए। उनले अन्तर्राष्ट्रिय स्तरमा ठुलो दर्शकको अगाडि खेल्नु रमाइलो हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved