फेब्रुअरी १४ अर्थात् प्रणय दिवस, नेपालमा पनि युवायुवतीले उत्सवका रुपमा मनाउँदै

नेपालभ्युज

फेब्रुअरी १४ अर्थात् प्रणय दिवस, नेपालमा पनि युवायुवतीले उत्सवका रुपमा मनाउँदै

काठमाडौं । भ्यालेन्टाइन डे अर्थात् ‘प्रेम दिवस’ । हरेक वर्ष फेबु्रअरी १४ तारिखमा यो दिनलाई प्रेमिल जोडीले उत्सवका रुपमा विशेष रूपमा मनाउने गर्छन् ।

विश्वभरका युवायुवतीले माया साटासाट गरेर यो दिवस मनाउने गरेका छन् । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि धेरैले मनाउन थालेका छन् ।

साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्ताका लागि प्रिय हुन थालेको छ । ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढेसँगै यो दिवस हप्ताभरि मनाउने गरिएको छ ।

फेब्रुअरी ७ मा ‘रोज–डे’ बाट सुरु हुन्छ । गुलाफ दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो ‘हग’ गर्ने र साताको अन्त्य १४ तारिखमा प्रणय दिवस मनाइने गरिन्छ ।

‘भ्यालेन्टाइन डे’ मनाउँदा एक अर्कालाई सप्ताहव्यापी रूपमा नै महँगो उपहार दिने चलनका कारण प्रेम उपहार र कस्मेटिकमा परिवर्तन हुँदै गएको छ ।  प्रेम सस्तिएको छ भने प्रेममा दिने उपहार महँगिँदै जाँदा प्रेम विकृत हुँदै गएको कतिपयको बुझाई छ ।

‘भ्यालेन्टाइन डे’ को सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ । सेनाले महिलासँग प्रेम सम्बन्ध गासे सैनिक बल कमजोर हुने भन्दै रोमन सम्राटले प्रेम र विवाहमा सेनालाई रोक लगाएका थिए ।

भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई उलंघन गर्ने अभियान चलाए ।

पादरीको अभियानप्रति क्रुद्ध बनेको सम्राटले पादरीलाई मृत्युदण्डको सजाय दिन लगाए ।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानीलाई सम्मान गर्दै ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको विश्वास गरिन्छ ।

यद्यपी विश्वका कतिपय कट्टरपन्थी देशमा प्रणय दिवस मनाउन रोक लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved