मधेसवादमाथि संकटको बादल लाग्यो : राजेन्द्र महतो

नेपालभ्युज

मधेसवादमाथि संकटको बादल लाग्यो : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका छन् ।

मंगलवार जनकपुरधाममा आफू निकट नेता, कार्यकर्ताहरुसँग छलफल कार्यक्रम गर्दै वरिष्ठ नेता महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका हुन् ।

उनले मधेसवादमाथि संकट लागेको अवस्थामा जागरण अभियानको आवश्यकता रहेको बताए ।

मधेसले पाएको अधिकार खोस्ने तयारी भइरहेको भन्दै त्यसको प्रतिकारका लागि उत्पीडनमा परेका सबै जागरण अभियानमा लाग्नुपर्ने महतोको भनाइ छ ।

उनले जागरण अभियान नचलाएमा आगामी निर्वाचनमा मधेसवादको नाममा कसैले नपत्याउने बताए ।

आगामी निर्वाचनमा मधेसवादी दलहरुले जित्ने सम्भावना नरहेको भन्दै अहिलेदेखि नै जनतालाई जागृत गराउनुपर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved