पूर्वथाई प्रधानमन्त्री थाक्सिन जेलमुक्त हुने

नेपालभ्युज

पूर्वथाई प्रधानमन्त्री थाक्सिन जेलमुक्त हुने

काठमाडौं । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्यायमन्त्री तावी सोड्सोङले मङ्गलबार बताएका छन् ।

मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग थाक्सिन यस महिना जेलबाट छुटकरा पाउनका लागि स्वीकृत नौ सय ३० कैदीहरूमध्ये एक जना भएको बताए ।

७४ बर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मृक्तीको लागि सुचिबद्ध भएका उनको भनाई छ ।

करिव छ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ ।

ताहसिनल १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्किएका थिए ।

उनलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, अस्स्थताका कारण उनलाई छोटो समयमै बैङ्ककको जेलबाट अस्पतालमा सारे देखि अस्पतालमा नै रहेको बताईएको छ ।

गत सेप्टेम्बरमा थाई राजा महा भाजिरालोङ्र्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो ।

थाक्सिनले सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८ स्व–निर्वासनमा रहेका थिए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved