दोलखाको रेडियो कार्यक्रमबाट चिनजान, ‘लभ’ गरेर काठमाडौं ल्याई होटेलमा प्रेमिकाको हत्या !

‘दोलखामा रेडियो हिमालीमा मेरो साथी भन्ने कार्यक्रम आउँथ्यो । त्यहाँ फोन गरेर नाम नम्बर दिएर साथी बनाउन पाइन्थ्यो । त्यो कार्यक्रम सुनेर प्रमीलासँग चिनजान भयो । पछि नजिक भइयो, भन्ने बयान अभियुक्तले दिएका छन्’ एसएसपी खत्रीले भने ।

नेपालभ्युज

दोलखाको रेडियो कार्यक्रमबाट चिनजान, ‘लभ’ गरेर काठमाडौं ल्याई होटेलमा प्रेमिकाको हत्या !

काठमाडौं । काठमाडौँको गौशालास्थित सिराहा-धनुषा होटेल एन्ड लजमा भएको प्रमीला  दमाई हत्याको घटनामा प्रेमी कुमार श्रेष्ठलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

होटेलको १०८ कोठा नम्बरमा रामेछाप तामाकोशी स्थायी ठेगाना भई काठमाडौं बस्ने अन्दाजी ३० वर्षीय प्रमीलाको हत्या घटनामा उनका प्रेमी पक्राउ परेका हुन् । प्रेमी दोलखाका हुन् ।

होटेलमा उनले गलत विवरण राखेर कोठा बुक गरेका थिए । ‘होटेलको इन्ट्रिमा सन्दीप लामा भन्ने नाम र अरूकै मोबाइल नम्बर उल्लेख गरिएको थियो । विभिन्न कोणबाट अनुसन्धान गर्दा मृतक पत्ता लाग्यो । र हत्या गर्ने व्यक्ती पत्ता लगाएका हौँ’ काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भने ।

शुक्रबार ती युवक र युवती गेस्ट हाउसमा सँगै बसेका थिए । लजको कोठा दुई दिनसम्म नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । कोठा फोडेर हेर्दा शव भेटिएको थियो । प्रमीलाको घाँटीमा डोरीले कसेर हत्या गरेको भेटिएको थियो ।

‘नानीबाबुको ख्याल राख्नु’ भन्दै तीन तलाबाट फाल हालिन् रबिना, मारिए अश्वेत र रिवा !

प्रमीला आफ्ना पतिसँगै गौशालामा बस्दै आएकी थिइन् । माघ २६ मा उनी प्रेमीसँगै सो लजमा पुगेकी हुन् । हत्या गरेर प्रेमी कुमार श्रेष्ठ होटेलको कोठामा ताला लगाएर भागेको प्रहरीले जनाएको छ ।

प्रमीला विवाहित थिइन् । कुमार पनि विवाहित थिए । उनीहरूले बिवाहेत्तर सबन्ध राखेका थिए ।

कुमार श्रेष्ठले प्रमीला दमाईलाई रेडियो कार्यक्रमबाट भेटेका थिए । ‘दोलखामा रेडियो हिमालीमा मेरो साथी भन्ने कार्यक्रम आउँथ्यो । त्यहाँ फोन गरेर नाम नम्बर दिएर साथ बनाउन पाइन्थ्यो । त्यो कार्यक्रम सुनेर प्रमीलासँग चिनजान भयो । पछि नजिक भइयो, भन्ने बयान अभियुक्तले दिएका छन्’ एसएसपी खत्रीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved