पाकिस्तानमा शरीफ र भुट्टोको पार्टी मिलेर सरकार बनाउने

नेपालभ्युज

पाकिस्तानमा शरीफ र भुट्टोको पार्टी मिलेर सरकार बनाउने

काठमाडौं । पाकिस्तानमा नयाँ सरकार गठनको कसरत भैरहेको छ । दोस्रो र तेस्रो स्थानमा आएका दलबीच सरकार बनाउन सम्झौता भएको छ ।

मुस्लिम लिग–नवाजका अध्यक्ष सेहबाज सरिफ, पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोबीच मिलेर नयाँ सरकार बनाउने सहमति भएको हो ।

लाहोरस्थित बिलावल हाउसमा दुई दलबीच भेटवार्ता भएको हो । दुई दलबीच राजनीतिक अवस्थाका बारेमा छलफल भएको र सरकार गठनका विषयमा पनि छलफल भएको थियो ।

बैठकपछि जारी विज्ञप्ति अनुसार मुस्लिम लिग (एन) र पिपुल्स पार्टीबीच राजनीतिक सहकार्यका लागि सैद्धान्तिक सहमति भएको छ ।

भेटमा देशको समग्र अवस्था र भावी राजनीतिक सहकार्यका बारेमा पनि छलफल भएको थियो । मुलुकमा राजनीतिक स्थायित्व ल्याउन दुवै दलले गठबन्धनमा सरकार बनाउने निर्णय गरेका छन् ।

पाकिस्तानमा फेब्रुअरी ८ मा भएको राष्ट्रिय सभाको निर्वाचनमा इमरान खानको पार्टी तारिक इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सिट जितेका छन् ।

स्वतन्त्र उम्मेदवारले १०१ सिट जितेका छन् भने पीएमएल–एनले ७५ सिट र पीपीपीले ५४ सिट जितेका छन् । सरकार बनाउन १३४ सिट आवश्यक हुन्छ ।

पाकिस्तानको नेशनल एसेम्बलीमा ३६६ सिट छन्, जसमध्ये प्रत्यक्ष निर्वाचनमार्फत २६६ सिटमा प्रतिनिधिहरू निर्वाचित हुन्छन्। ६० सिट महिला र १० सिट गैर मुस्लिम प्रतिनिधिका लागि आरक्षित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved