तालिम अभ्यासका क्रममा जोर्डनका २ जना पाइलट मारिए

नेपालभ्युज

तालिम अभ्यासका क्रममा जोर्डनका २ जना पाइलट मारिए

अम्मान । तालिम अभ्यासका क्रममा विमान दुर्घटना हुँदा रोयल जोर्डन वायुसेनाका दुई जना पाइलटको मृत्यु भएको छ ।

राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले आइतबार जनाए अनुसार मारिएका दुई जना मेजर पाइलट उमर अता अल-अब्बादी र क्याप्टेन पाइलट मोहम्मद अब्दुल्लाह अल-खुदैरको रहेका छन् ।

विमान उत्तरी शहर माफ्राकमा रहेको किङ्ग हुसेन एयर बेसमा दुर्घटनाग्रस्त भएको पेट्राले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved